कतार एयरवेजले चार एजेन्टलाई गर्यो सम्मान


कतार एयरवेजले आफ्ना चार एजेन्टलाई सम्मान गरेको छ। कम्पनीले प्लाटिनम अवार्डको रुपमा ओशो वर्ल्ड ट्राभल, मेगाबाइट गोल्ड अवार्डको रुपमा सुमेघ टुर एण्ड ट्राभललाई तथा सिल्भर अवार्डबाट यती ट्राभललाई सम्मान गरेको छ।

त्यस्तै नयाँ क्याटगोरीको अवार्ड ‘बेस्ट पफर्मेन्ट इन लिजर एण्ड एमआइसीई एजेन्टको उपाधि जेनिथ एक्सपेरियन्स ट्राभल सर्भिस एण्ड रिजेन्सीले पाएको छ।

सो अवसरमा काठमाडौं दोहाको अर्को उडानको उद्घाटन गरिएको थियो। सेप्टेम्बर १ का दिन एयरबस ३२० काठमाडौंबाट १ : २५ मा उडान गरी ८ : ५५मा आवतरण गरेको छ। चार्डपर्वको अवसरमा थप गरिएको उडानले नेपाली दाजुभाइहरु लाभान्वित हुने कम्पनीको विश्वास छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.