इन्डोर कर्पोरेट क्रिकेटको उपाधी सेन्चुरी बैंकलाई


चौथो एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि सेन्चुरी बैंकले जितेको छ।

सेन्चुरीले फाइनल खेलमा एनआईसी एसिया बैंकलाई ३५ रनले पराजित गरेको हो। फाइनल खेलमा टस जितेर पहिले फिल्डिंग गरेको सेन्चुरीले निर्धारित १२ ओभरमा ५८ रनमा एनआईसी एसियालाई ५८ रनमा सिमित गरेको थियो। सेन्चुरीका बलर दिवेश डंगोल र विजय गौतमले समान २÷२ विकेट हात पारे। एनआईसीको लागि दिपेन कार्कीले सर्बाधिक १४ रनको योगदान दिएका थिए।

दोश्रो इनिंगमा १२ ओभरमा सेन्चुरीले ९३ बनाउँदै सहज जित प्राप्त गर्यो। सेन्चुरीको लागि सुरज तिमल्सिनाले २५ रन योगदान दिए जुन क्रममा १ छक्का प्रहार गरे। यस्तै सुबास शर्माले १७ रन बनाए।

फाइनल खेलको म्यान अफ द म्याच सेन्चुरीका विजय गौतम घोषित भए। यसअघि पहिलो सेमिफाइनलमा आईसीएफसी समयमा उपस्थित नभएपछि स्वतः सेन्चुरी फाइनलमा पुगेको थियो। यस्तै दोश्रो सेमीफाइनलमा एनएमबिलाई एनआईसी एसियाले ९३ रनले पराजित गरेको थियो।

प्रतियोगिता भदौ ९ देखि सुरु भएको थियो जसमा १७ वटा कर्पोरेट टोली सहभागी थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.