नेपालको पहिलो र एकमात्र आइबी कन्टिन्युम स्कुल, प्रिमियर इन्टरनेसनल स्कुलमा 'थ्योरी अफ नलेज' प्रदर्शनी सम्पन्न भएको छ।
'ज्ञान मेला' शीर्षकमा आयोजित यस प्रदर्शनीले विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको हो।
ज्ञान, अनुसन्धान र बौद्धिक चिन्तनलाई समेट्ने उद्देश्यले उक्त प्रदर्शनी राखिएको थियो।
आइबिडिपी प्रथम वर्षका विद्यार्थीहरुले ज्ञानसम्बन्धि वैश्विक प्रश्नहरुमाथि अनुसन्धान गर्दै ३ वटा वास्तविक वस्तुहरू मार्फत विचार प्रस्तुत गरेको छन्।
जसमा लेखिएको टिप्पणी मार्फत उनीहरूको तर्क, विवेक र विश्लेषण क्षमताको प्रदर्शन गरिएको छ।
यस वर्षको प्रदर्शनीको नाम 'ज्ञान मेला' राख्नुको उद्देश्य सो कार्यक्रम ज्ञानको उत्सव मात्र नभई स्थानीय सन्दर्भमा विश्व शिक्षा जोड्ने अभ्यास पनि हो भन्ने सन्देश दिनु हो। नेपाली परिवेशमा यस नामले गहिरो अर्थ राख्ने हुँदा सहभागी अभिभावक र समुदायसँग अझ सघन सम्बन्ध स्थापित भएको देखिएको छ।
प्रदर्शनीमा विद्यार्थीहरूले एआई, ऐतिहासिक दृष्टिकोण, जातीय ज्ञान प्रणाली, वैज्ञानिक अनुसन्धानमा नैतिकता लगायतका विविध विषयमा आधार बनाएर गहन अध्ययन प्रस्तुत गरेका छन् ।
विद्यालयकी प्रधानाध्यापक शमा क्षेत्रीले कार्यक्रममा बोल्दै भनिन्, 'टक प्रदर्शनीले विद्यार्थीहरुको सोचको दायरा फराकिलो बनाउँछ, आत्मनिर्भर बनाउँछ र दीर्घकालिन जीवनका लागि आवश्यक बौद्धिक उपकरणहरु प्रदान गर्छ,' उनले विद्यार्थीहरूद्वारा प्रस्तुत दृष्टिकोण, तर्क र प्रश्न गर्ने क्षमतालाई प्रशंसनीय बताएकी छन् ।