नेपालमा सुर्तिजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘स्टेप्स’ सर्वेक्षणअनुसार २८.९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने देखाएको हो।
परिषद्ले ५ हजार ५ सय ९३ जना व्यक्तिमा सर्वेक्षण गरेको थिए। परिषद्ले २०१९ फेब्रुअरीदेखि मे सम्म गरेको सर्वेक्षणमा १५ देखि ६९ वर्ष उमेरसमूहका व्यक्ति सहभागी थिए।
सर्वेक्षणमा सुर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषको प्रतिशत ४८.३ छ भने महिलाको ११.६ रहेको पाइएको छ। त्यस्तै, दैनिक सुर्तिजन्य पदार्थ सेवन गर्ने २४.१ प्रतिशत छन्। हाल धुम्रपान गर्ने १७.१ प्रतिशत रहेको छ। दैनिक धुम्रपान सेवन गर्नेको प्रतिशत भने १३.३ रहेको छ।
अहिले धुवारहित सुर्तिजन्य पदार्थ सेवन गर्ने १८.३ प्रतिशत रहेको छ। दैनिक धुँवारहित सूर्तिजन्य पदार्थ सेवन गर्ने १५.३ प्रतिशत रहेको छ।
सर्वेअनुसार दैनिक धुम्रपान गर्नेमध्ये पहिलो पटक धुम्रपान गर्नेे औषत उमेर १७.८ वर्ष रहेको पाइएको छ। हाल दैनिक विद्युतीय चुरोट सेवन ०.८ प्रतिशतले गर्छन्।
दैनिक सुर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुष ४०.१ र महिला १० प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। तथ्याङ्कअनुसार सुर्तिजन्य पदार्थ महिलाले भन्दा पुरुषले बढी सेवन गरेको पाइएको छ। हाल धुवारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेमा पुरुष ३३.३ प्रतिशत र महिला ४.९ प्रतिशत रहेका छन्।
त्यस्तै, हाल धुम्रपान गर्नेमा पुरुष र महिलाको प्रतिशत क्रमशः २८ र ७.५ रहेको छ। दैनिक धुम्रपान सेवन गर्नेमा पुरुष २०.८ र महिला ६.७ प्रतिशत छन्।
दैनिक धुम्रपान गर्नेमध्ये पहिलो पटक धुम्रपान गर्ने औषत उमेर पुरुषको १७.७ र महिलाको १८.४ रहेको पाइएको छ।
सर्वेक्षणले विद्युतीय चुरोट सेवन गर्ने पुरुष १.७ प्रतिशत र महिलाले नगर्ने देखाएको छ। उक्त तथ्यांक परिषदले दुई साताअघि सार्वजनिक गरेको छ।
सबैभन्दा बढी सुर्तिजन्य पदार्थ सेवन गर्ने प्रदेश ५
हाल प्रदेश १मा सुर्तिजन्य पदार्थ (धुम्रपान वा धुँवारहित) सेवन गर्नेको प्रतिशत २२∙८ रहेको सर्वेक्षणले देखाएको छ। त्यसैगरी, प्रदेश २ मा २९.७, ३ मा २२.२, गण्डकी प्रदेशमा २५.९, ५ मा ३६.६, ६ मा २९.७ र सुदिरपश्चिमा ३३.८ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।
धुम्रपान सेवन गर्ने सुदुरपश्चिममा बढी
हाल धुम्रपान सेवन गर्नेको प्रतिशत प्रदेश १ मा १०∙३, २ मा १३.८, ३ मा १८.२, गण्डकी प्रदेशमा १८. ६, ५ मा १७.३, ६ मा २०.६ र सुदुरपश्चिमा २६.६ रहेको स्वास्थ्य अनुसन्धान परिषदको सर्वेक्षणले देखाएको छ।
कुन प्रदेशमा कतिले गर्छन् दैनिक धुम्रपान?
हाल दैनिक धुम्रपान सेवन गर्नेको प्रतिशत प्रदेश १ मा ७∙१ रहेको छ। त्यसैगरी, प्रदेश २ मा १२.६, ३ मा १६.०, गण्डकी प्रदेशमा १६.२, ५ मा १२.९, ६ मा १६.३ र सुदुपश्चिममा १८.३ रहेको तथ्याङ्कमा उल्लेख छ।
हाल दैनिक धुँवारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत प्रदेश १ मा १३∙९ रहेको छ। प्रदेश २ मा १९.९, ३ मा ७.०, गण्डकी प्रदेशमा ९.९, ५ मा २१.७, ६ मा १४.९ र सुदुरपश्चिममा १३.७ रहेको छ।
पहिलो पटक धुम्रपान गर्नेको औषत उमेर
दैनिक धुम्रपान गर्ने मध्य, पहिलोपटक धुम्रपान गर्नेको औषत उमेर प्रदेश १ मा १७∙८ रहेको छ। त्यसैगरी, प्रदेश २ मा १७.९, ३ मा १८.१, गण्डकी प्रदेशमा १७.६, ५ मा १८.४, ६ मा १७.६ र सुदुरपश्चिममा १७.० औषत उमेर रहेको छ।
यससँगै सर्वेक्षणमा जनसांख्यिक र बानीब्यहोरा सम्बन्धी (मदिरा, आहार, शारीरिक क्रियाकलाप) विवरणहरु संकलन गरिएको थियो। मोटोपन र उच्च रक्तचापको व्यापकता पत्ता लगाउन उचाइ, तौल र रक्तचाप जस्ता शारीरिक मापन समेत गरिएको थियो।
त्यसैगरी, रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा पत्ता लाउन बायोकेमिकल मापनहरु संकलन गरिएको थियो।