हुण्डाइले आयोजना गरेको ओपन गल्फ टुर्नामेन्टमा रविन्द्र तिवारी विजयी भएका छन्।
गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तिवारीले ४१ अंक ल्याइ सो उपाधि हात पारेका थिए। उनले उपाधि संगै एक लाख रुपैयाँको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन पाएको हुण्डाईले जनाएको छ।
त्यस्तै आयोजकका अनुसार विराट बस्ताकोटीले दोश्रो भएर उपाधि तथा ५० हजार रुपैयाँको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन पाए। त्यस्तै बस्ताकोटी संग टाइ भएर कम अंक बटुलेका भाइराजा पाण्डेले उपाधि तथा २० हजार रुपैयाँको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन पाए।
पृथ्वि मल्लले ३९ अंक बटुलेर उत्कृष्ट ग्रस अवार्ड पाउन सफल भएको हुण्डाइले जनाएको छ। उनले उपाधि तथा ५० हजार रुपैयाँको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन पाउन सफल भए।
दक्षिण कोरियाकी गल्फर मेइ ली ले महिला तर्फको उपधि हासिल गरिन्। उनले ४२ अंक बटुल्दै उपाधि तथा २० हजार रुपैयाँको गिफ्ट भौचर र कुल प्याड फोन जित्न सफल भएको आयोजकले जनाएको छ।
त्यस्तै जुनियर तर्फ सद्भव आचार्यले ३९ अंक ल्याई उपाधि तथा २० हजार रुपैयाँको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन हात पार्न सफल भएको हुण्डाइले जनाएको छ।
सिनियर विनरमा (६० वर्ष माथि) तर्फ सेनाका पूर्व प्रमुख जेन गौरब राणाले उपाधि हात पार्न सफल भएका छन्। उनले २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन हात पारे।
हुण्डाइ कार अनर क्याटेगोरीतर्फ माधव सिम्खडाले उपाधि हात पार्न सफल भएका छन्। उनले २० हजार रुपैयाँ बराबरको भौचर र कुल प्याड स्मार्टफोन प्राप्त गर्न सफल भएको हुण्डाइले जनाएको छ।
त्यस्तै तासी दोङ लामो दुरी, हृदेश कु्मार सिंह क्लोसेट टु दि पिन र विजय श्रेष्ठले उपाधि, १० हजार रुपैयाँको गिफ्ट भौचर र कुल प्याड स्मार्टफोन हात पार्न सफल भएको आयोजक कम्पनी हुण्डाइले जनाएको छ।