गाडी बेच्ने व्यवसायीलाई नेपालमै एसेम्बल गर्न अर्थमन्त्रीको सुझाव


अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा गाडी बिक्रीवितरण गर्ने व्यवसायीलाई स्वदेशमै एसेम्बल गर्न आग्रह गरेका छन्। नेपाल अटोमोबाइल्स डिलरर्स एसोसिएसनको साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले विदेशबाट ल्याएरमात्र बिक्री गर्ने काम सकेसम्म कम गर्न आग्रह गरेका छन्।

सरकारले कुनै पनि क्षेत्रलाई अनुत्पादक नभेको तर कम र बढीमात्र भनेको स्मरण गराउँदै नेपालमै गाडीको एसेम्बल गर्न चाहेमा सरकार जस्तोसुकै सहुलियत दिन तयार रहेको उनको भनाइ थियो।

अहिले पनि आयातबाट शंकलन हुने करमा अटोमोबाइल क्षेत्रको मुख्य भुमिका रहेको बताउँदै खतिवडाले नेपालमै एसेम्बल गरे रोजगारी पनि नेपालमै बढ्ने र आर्थिक गतिविधिमा बृद्धि हुने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.