नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच सम्झौता


नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच द्विपक्षिय सम्झौता भएको छ ।

नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षिय सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा उल्लेख भए अनुसार नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीको बजेटले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए।

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउँदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराईयो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.