कतार एयरवेजको नेपाल-ग्रिस उडान थप


कतार एयरवेजले नेपाल देखि ग्रिसको थेसालोनिकी सम्मको उडानको थप गरेको छ।

कतार एयरवेज नेपालले अन्तर्राष्ट्रिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी  ग्रीसका लागि  नेपाली राजदुत बिक्रम पाण्डे र ‘कन्ट्रि म्यानेजर’ जयकृष्ण नायर बीच उक्त सम्झौता भएको थियो।

उक्त कार्यक्रममा ग्रिसको थेसालोनिकीका लागि हप्तामा ४ वटा उडान भर्ने योजना प्रस्तुत गरको कतार एयरवेजले जनाएको छ।

कतार एयरवेजले आफ्नो नयाँ गन्तब्यले ग्रिसका नागरीकलाई नेपाल घुम्न आउन झन्झट नहुने र यो कदमले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.