नेपाल होस्टल एशोसिएसन र मेडिसिटी हस्पिटलबीच स्वास्थ्य सम्झौता


नेपाल होस्टल एशोसिएसन र ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटलबीच ११ बुँदे स्वास्थ्य सम्झौता भएको छ।

नेहा ललितपुरकी अध्यक्ष सुनिता बाटाजु र हस्पिटलका प्रबन्ध निर्देशक डा विजय रिमालले स्वास्थ्य सम्झौताको सहमतिपत्र एकअर्कामा हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सम्झौतापश्चात् होस्टल संचालक, संचालकका परिवार र होस्टलमा बसोबास गर्ने छात्रछात्राहरुले हस्पिटलबाट उपचारमा सहुलियत प्राप्त गर्नेछन्। नेहा ललितपुरकी अध्यक्ष बाटाजु ले आफुलाइ यो स्वास्थ्य सम्झौताले खुशी तुल्याएको बताइन्।

यसैबीच, केन्द्रिय अध्यक्ष चेतन दाहालले होस्टल एशोसिएसनको इतिहासमा यो स्वास्थ्य सम्झौता ऐतिहासिक र कोसेढुंगा साबित भएको प्रतिक्रिया दिए।

हस्पिटलका प्रबन्ध निर्देशक डा रिमालले होस्टल व्यवसायीसँग सेवाको भाव र आत्मियता राखेर अझै धेरै कार्यहरु गर्नुपर्ने बाटो यो सम्झौताले खुलाएको बताए।

अहिलेसम्म करिब ७ सय होस्टल दर्ता भएर संचालित रहेको एशोसिएसनले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.