संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टै खुल्ला गर्ने घोषणा गरेका छन्।
आज आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले संसारमा एकमात्र धावन मार्ग भएका विमानस्थलहरु २४ घण्टा खुलेको नजिर पेस गर्दै त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्ला गर्ने उद्घोष गरेका छन्।
‘संसारमा एकल धावनमार्गमा २४ घण्टा विमानस्थल चलेका छन्’ उनले भने, ‘संसारले अपनाएका प्रविधि हामी पनि अपनाएर चलाउन सक्छौं।’
अहिले पनि ३ घण्टाको समय बढाउन सकिने भनाइ आएको र यसबाट विहान ३ बजेसम्म चल्ने र तयसबाट दिउसोको एयर ट्राफिक कम हुने उनको विश्वस छ।
अहिले विमानस्थल बिहान ६ बजेदेखि बेलुका साढे १२ बजेसम्म संचालन हुन्छ।
मन्त्री अधिकारीले घोषणा गरेअनुरुप २४ घण्टा विमानस्थलमा उडान तथा अवतरण गर्न कत्तिको सम्भव छ?
विमानस्थलका प्राविधिकहरकाअनुसार सम्भव र असम्भव हालको रनवे पर्नस्थापित गर्ने कि नगर्ने भन्ने कुरामा निर्भर हुने बताउछन्।
‘अहिलेको धावनमार्गको पिच परिवर्तन गर्ने काम तत्काल नगर्ने हो भने भोलिदेखि २४ घण्टा विमानस्थललाई २४ घण्टा खोल्न सकिन्छ’ विमानस्थलका एक अधिकारीले भने,‘तर पुरानो भइसकेको र पटकपट उप्किने समस्यामा परेकोले फेर्नुको बिकल्प पनि छैन।’
एकमात्र रनवे, सिमित समयमा अलिकति मौसमी खराबी भएमा दैनिक कयौं उडान रद्ध गर्नुपर्ने, डाइभर्टमात्र होइन दैनिक उडान ढिला तथा अकाशमै होल्ड हुने अवस्था छ।
यस्तो समस्या समाधान गर्न अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरु तोकिएकै मितिमा सम्पन्न गर्ने र अहिलेकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टै खुल्ला गरिने मन्त्रीको भनाइ छ।
अहिले विमानस्थलको क्षमता अधिकतम प्रयोग गरेर तत्कालको सास्ती कम गर्दै जाने योजना अनुरुप २४ घण्टा खोल्ने भनेर मन्त्रीले घोषणा गरेपनि त्यति सहज नभएको विमानस्थलकै अधिकारीको भनाइ छ।
यद्यपी विमानस्थलको रनवेमा कालोपत्रे विस्थापन गर्ने आयोजना अन्य बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल तयार नहुँदासम्म थाँति राखेर जान सकिने अवस्था नभएको भने होइन।
तर यसो गर्दा पहिले २४ सेवा भनेर सेड्युल पाएका विमान र तिनका उडानहरु कटौति गर्नुपर्ने अवस्था आउँदा सन्देश राम्रो नजाने अधिकारीहरुको भनाइ छ।
नागरिक उड्डयनको ढिलासुस्तीले भाँजो हाल्यो पर्यटनमन्त्रीको घोषणालाईगएको वर्ष नै टेन्डर भएको विमानस्थलको रनवे विस्थापन गर्ने ठेक्काको अझैसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन। यदि यो आयोजना सरासर अगाडि बढेको भए अहिलेसम्मा भोलि देखि २४ घण्टा उडान गर्न सकिने विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए।
तर विमानस्थलको सिभिल विभागले गरिरहेको काम नागरिक उड्डयन प्राधिकरणले खोसेर छुट्टै आयोजना बनाएपछि अहिले उक्त काम रोकिएको छ। अर्थात हाल विमानस्थल राति १२ः३० देखि विहान ६ बजेसम्म खाली रहन्छ।
विमानस्थल विकास शुल्कबाट बन्ने त्यस्तो आयोजना हाल अगाडि बढेको छैन। यो काम सम्पन्न हुन कम्तिमा पनि ६ महिना लाग्छ। जुन वर्षा याममा सम्भव हुँदैन।
त्यसैले आगामी भदौदेखि सुरु भएपछि अर्को फागुनमा मात्र सम्भव हुने अवस्था देखिन्छ।