क्षेत्रीय उडान सुरक्षाको लागि सयुक्त पहल


दक्षिण एशियाली क्षेत्रीय उडान सुरक्षा सुदृढीकरणकार्यक्रम (कोसक्याप साउथ एशिया) को २६ औं शिर्ष बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार सम्मपन्न उक्त बैठकले दक्षिण एशियाली मुलुकहरुमा उडान सुरक्षा सुदृढीकरणका लागि सयुक्त पहल गर्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ) को पहल र सहभागीतामा सन् १९९७ मा कोस्क्याप साउथ एशिया को स्थापना भएको थियो ।

क्षेत्रीय उडान सुरक्षा सुपरिवेक्षण संगठनको रुपमा विकास गर्ने सम्बन्धमा केन्द्रित बैठकले युरोपियन उडान सुरक्षा एजेन्सी (इआसा) सम्भाव्यता अध्ययनका लागि गरेको प्रस्तावलाई सर्वसम्मतीले सहमती प्रदान गरेको छ।

योसँगै इआसाले यो क्षेत्रको उडान सुरक्षा सम्भाव्यता अध्ययन गर्ने भएको छ।

शिर्ष बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र मालदिभ्सका नागरिक उड्डयन महानिर्देशकहरु सहभागी रहेका थिए् । यसका साथै बैठकमा आइकाओ, युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इआसा), फेडरल एभिएसन एड्मिनिष्ट्रेसन(एफएए), डिजिएसी फ्रान्स, सिएए युके, एयरबस, बोईंग लगायत उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुको समेतसहभागीता रहेको थियो ।

कोसक्याप साउथ एशियाले दक्षिण एशियाली मुलुकहरुमा उडान सुरक्षा सुदृढिकरण र नागरिक उड्डयन नियामक निकायहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दैआएको छ । यसले नागरिक उड्डयनका नियामक निकायहरुका उडान सुरक्षा निरिक्षकहरु तथा वायुसेवा संचालकका उडान सुरक्षासँग सम्बन्धित प्राविधिक जनशक्तिहरुलाई तालिमहरु प्रदान गर्ने, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तथा विभिन्न प्राविधिक सहयोग मिसन अन्तर्गत उडान सुरक्षा सुपरिवेक्षण कार्यमा सघाउ पु¥याउने कार्यहरु गर्दै आएको छ ।

नेपाल इकाओको गम्भिर सुरक्षा चासोको सूचीबाट मुक्त भएको विषयमा चर्चा भएको थियो।

इकाओले सन् २०१३ को जुलाईमा नेपाललाई गम्भिर सुरक्षा चासोको मुलुकमा समावेश गरे लगत्तै युरोपियन युनियनले सोही बर्षको डिसेम्बर महिनामा सबै नेपाली वायुसेवाहरुलाई आफ्नो उडान सुरक्षा सूचिमा राखेको थियो ।

हालै बेल्जियमको ब्रसेल्समा १३ देखि १५ नोवेम्बरमा आयोजित युरोपियन कमिसनको उडान सुरक्षा कमिटीको बैठकले नेपाललाई जनवरी २०१८ मा छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।

प्राधिकरणका महानिर्देशक संजिव गौतमको नेतृत्वमा छ सदस्यीय नेपाली प्राविधिक टोली यही जनवरी १९ मा युरोपियन कमिसनको मुख्यालय ब्रसेल्समा आयोजना हुने प्राविधिक कमिटिको बैठकमा सहभागी हुँदैछ ।युरोपियन युनियनले सन् २०१३ को डिसेम्बरमा नेपाली वायुसेवाहरुलाई उडान सुरक्षा सुचिमा समावेश गर्दा औंल्याएका

उडान सुरक्षा सम्बन्धी अधिकांश कमि कमजोरीहरुलाई सम्बोधन गरिसकेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन सम्बन्धी संस्थागत सुधारका कतिपय विषयहरु भने उच्च तहमा निर्र्णय हुनुपर्ने भएकोले लामो समयदेखि प्रकृयामा रहेको जनाइएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.