हायात होटलको स्वतन्त्र ट्रेड युनियनमा बाम गठबन्धन विजयी


काठमाडौंको पाँचतारे होटल हायात रिजेन्सीमा आधिकारिक ट्रेड युनियनको लागि भएको निर्वाचनमा बाम गठबन्धन प्यानल विजयी भएको छ।

युनियनको अध्यक्षमा माओवादी निकट मजदुर संगठनका मुक्ती दाहाल विजयी भएका छन्।

बुधबार सम्पन्न निर्वाचनमा खसेको २९९ मत मध्ये २१३ मत ल्यार्इ गठबन्धन प्यानल विजयी भएको हो।

२०७३ मा भएको निर्वाचनमा भने माओवादी निटक संगठनको प्यानल निर्विरोध भएको थियो। त्यतिबेला पनि दाहाल नै अध्यक्ष थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.