स्वास्थ्य परीक्षणमा निदान हस्पिटलको ‘दसैँतिहार छुट अफर’


दसैँतिहारको अवसरमा पुल्चोकस्थित निदान हस्पिटलले स्वास्थ्य परीक्षणमा छुट अफर ल्याएको छ।

असोज ५ देखि कात्तिक ५ गतेसम्म यो योजना लागू हुने अस्पतालले जनाएको छ। सबैजसो चेकअपमा अस्पतालले करिब आधा शुल्क छुट दिने भएको छ।

जसअनुसार पुरै अर्थात ‘कम्प्रेन्सिभ हेल्थ चेकअप’मा पुरुषका लागि ४ हजार ४७० र महिलाका लागि ४ हजार ३५ रुपैयाँ शुल्क कायम गरिएको छ।
महिला हेल्थ चेकअपको ४ हजार १४५, जनरल हेल्थ चेकअपको २ हजार ६१५, कार्डियाक हेल्थ चेकअपको १ हजार ९९०, बच्चाको हेल्थ चेकअपका लागि १ हजार २६५ रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै कम्प्रेन्सिभ डायबेटिक चेकअपको ४ हजार ६००, आंशिक डायबेटिक चेकअपको ३ हजार ५२५, डायबेटिक स्कृनिङ प्रोफाइल चेकअपको २ हजार ४१० रुपैयाँ शुल्क तोकिएको छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.