रसुवाको स्याफ्रुवेँशीस्थित चिलिमे जलविद्युत आयोजनाले अहिले दैनिक २२.१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ।
गोसाइँकुण्ड गाउँपालिका-५ मा चिलिमे जलविद्युत केन्द्र राखिएको छ। जहाँबाट बिजुली उत्पादन भइरहेको हो।
आयोजनाका नायब प्रवन्धक बिमल खड्काले अहिले वर्षा हुने समयमा यो आयोजनाले पूर्णक्षमतामा उत्पादन गरिरहेको बताए।
'अहिले पूर्णक्षमतामै उत्पादन भइरहेको छ। सुख्खा याममा ५० प्रतिशत मात्रै उत्पादन हुन्छ,' उनले भने।
यो जलविद्युत आयोजनाको ५१ प्रतिशत सेयर नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा छ।
२५ प्रतिशत शेयर प्राधिकरण र कम्पनीका कर्मचारी, प्रभावित क्षेत्र (रसुवा)का स्थानीयलाई १० प्रतिशत र बाँकी १० प्रतिशत भने आम सर्वसाधरणका लागि शेयर छ।
तस्बिर:
-1751434294.jpeg)
-1751434293.jpeg)
-1751434290.jpeg)
-1751434291.jpeg)
-1751434289.jpeg)
-1751434289.jpeg)
-1751434288.jpeg)
-1751434288.jpg)
-1751434293.jpeg)
-1751434288.jpg)
सबै तस्बिरः सेतोपाटी।