काठमाडौं-हेटौंडा जोड्ने कान्ती लोकपथमा बागमती खोलाको बेलिब्रिज सञ्चालनमा आएको छ।
ललितपुर र मकवानपुरको सीमा बागमती खोलाको बेलिब्रिजमा असोज महिनामा आएको बाढीले क्षति पुर्याएको थियो।
त्यसयता बागमती खोलामा डाइभर्सन बनाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको थियो।
शनिबार मर्मत सकिएपछि आइतबारदेखि बेलिब्रिजबाटै सवारी साधन आवतजावत गराइएको मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्।
'अब डाइभर्सनको सास्ती हटेको छ। बेलिब्रिजबाटै सवारी साधन आवतजावत गर्न सक्छन्,' उनले भनिन्।
बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ जेठयता पटकपटक अवरूद्ध भएका थिए।
अब बेलिब्रिजबाटै सवारी आवतजावत गर्न मिल्ने भएकाले बाटो अवरूद्ध नहुने प्रजिअ श्रेष्ठले बताइन्।