काठमाडौंका विभिन्न ठाउँमा फुटपाथ स्तरोन्नतिको काम चलिरहेको छ।
तर समयमै काम नहुँदा पैदलयात्रीहरूले सास्ती खेप्नुपरेको छ। ढुंगा बिच्छ्याउनका लागि भत्काइएका फुटपाथहरु त्यसै छाडिएका छन्। कतिपय ठाउँहरूमा निर्माण सामग्री फुटपाथमै थुपारेर राख्दा थप समस्या भएको छ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका ठाउँ ठाउँमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ।
त्यसका लागि आवश्यक सामग्रीहरू पनि फुटपाथ मै राखिदिँदा पैदलयात्रीहरूले सहज रूपमा हिँड्न पाएका छैनन्।
अझै शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरुलाई यसले समस्या बनाएको छ।
हेर्नस् तस्बिरहरूः
















सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।