सरकारले सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि पाँच अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा सिस्नेखोला नागढुंगा सुरूङ निर्माण सकेर यातायात सञ्चालन गरिने बताए।
सिद्धबाबाको मुख्य सुरूङ निर्माण सकिने पनि उनले बताए।
'ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिनेछ। कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरू गरिनेछ,' उनले भने।