सरकारले आगामी आर्थिक वर्षमा १५० वटा पुल निर्माण गर्ने भएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक अन्तर्गत १५० वटा पुल निर्माण गरिने बताए।
नारायणी तथा तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको काम पनि अगाडि बढाइने उनले उल्लेख गरे। यसका लागि दुई अर्ब ४६ करोड विनियोजन गरिएको उनले बताए।