सरकारले आगामी आर्थिक वर्षभित्र व्यापारिक मार्ग गल्छी स्याफ्रुवेशी सडक खण्डको काम सक्ने घोषणा गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्याफ्रुवेशीदेखि रसुवागढीखण्ड स्तरोन्नति सुरू गरिने बताए।
यसका लागि एक अर्ब ८० करोड रूपैयाँ विनियोजन गरिएको उनले बताए।
नागढुंगा नौविसे मुग्लिनखण्डमा ४० किलोमिटर सडक स्तरोन्नति गरिने उल्लेख छ। आबुखैरेनी पोखरा खण्डमा सडक कालोपत्रे गरिनेछ। यो खण्ड विस्तार सुरू गरिने उल्लेख छ।