सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि तीन अर्ब ६८ करोड बजेट छुट्याएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्ताे बताएका हुन्।
आगामी वर्ष यो खण्डअन्तर्गत निर्माणाधीन कटुन्जे आरूघाट खण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे गरिने उनले बताए।
१० वटा पुल निर्माण सकिने पनि उनले बताए।