सरकारले आगामी आर्थिक वर्षमा राजमार्ग निर्माणको कामलाई तीव्रता दिने बताएको छ। तर तुलनात्मक रूपमा बजेट भने न्युन विनियोजन गरिएको छ।
सरकारले पूर्व-पश्चिम राजर्माग विस्तारको लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको छ।
काठमाडौं-तराईं-मधेश द्रुतमार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ। यो आयोजनाको लागि महादेवटार, धेन्द्र र लेनडाँडा सुरूङ निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उल्लेख गरिएको छ भने ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ।
मध्यपहाडी लोक मार्गको लागि तीन अर्ब ६८ करोड विनियोजन गरिएको छ। यसअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ।
कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको लागि भने चार अर्ब ४३ करोड विनियोजन गरिएको छ।