गत वर्षको तुलनामा यो वर्ष विद्युत बक्यौता १०.४८ प्रतिशतले बढेको छ।
यो सँगै ४४ अर्ब ३२ करोड पुगेको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले उल्लेख गरेको छ।
उक्त रकममध्ये ट्रंक तथा डेडिकेटेड लाइनतर्फ ६२ ग्राहकबाट असुल हुनुपर्ने २१ अर्ब ८८ करोड छ। सो रकम कुल बक्यौताको ४९. ३६ प्रतिशत देखिन्छ।
साथै सडक बत्तीको ६ अर्ब २ करोड असुल गर्नुपर्ने देखिएको छ। सडक बत्तीको बक्यौतामध्ये एक अर्ब ७९ करोड काठमाडौं महानगरपालिकाको बक्यौता छ।
ट्रंक तथा डेडिकेटेड बक्यौता सम्बन्धमा आवश्यक समन्वय गर्न महालेखाले सुझाव दिएको छ।