चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा १६ सय ४० हेक्टर जमिनामा सिँचाइ सुविधा थपिएको छ।
आर्थिक सर्वेक्षण २०८१ अनुसार कुल सिँचाइ योग्य जमिन १७ लाख ६० हजार हेक्टरमध्ये ८८.५ प्रतिशत र कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टरमध्ये ५९.० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म सतहतर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर, भूमिगत तर्फ ७०० हेक्टर र जलाशयतर्फ ५० हेक्टर गरी थप एक हजार ६४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।
हालसम्म १५ लाख ५७ हजार एक सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा सतह सिँचाइ पुगेको छ भने ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ सुविधा पुगेको छ।