उत्पादन भएको जलविद्युतको क्षमता तीन हजार ६० मेगावाट पुगेको छ।
आर्थिक सर्वेक्षण २०८१ अनुसार राष्ट्रिय प्रसारणलाइनमा जोडिएको जलविद्युतको क्षमता तीन हजार ६० मेगावाट पुगेको हो।
सबभन्दा बढी जलविद्युत उत्पादन बागमती प्रदेशमा भएको छ। बागमती प्रदेशमा जडित विद्युतको क्षमता एक हजार १९६ मेगावाट पुगेको छ।
गण्डकी प्रदेशमा ९३३ मेगावाट र कोशी प्रदेशमा ५७७ मेगावाट क्षमता पुगेको छ।
सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ।
कर्णाली प्रदेशमा १६ मेगावाट मात्रै पुग्दा मधेशमा २५ र लुम्बिनीमा ५८ मेगावाट जलविद्युत उत्पादन क्षमता पुगेको छ।