सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरका रूपमा विकास गर्ने घोषणा गरेको छ।
जसका लागि विद्युत सञ्चार पर्यटन शिक्षा स्वास्थ्य खानेपानी जस्ता पूर्वाधार विकास गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यसपछि उत्पादन तथा उत्पादकत्व बढ्ने र रोजगारी पनि सिर्जना हुने बताए।
मध्यपहाडी लोकमार्गसँगै पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिइने पनि पौडेलले बताए।