सरकारले आगामी आर्थिक वर्षमा विद्युतको पहुँच नपुगेकालाई केन्द्रित गरेर विद्युतीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीकरणमा प्राथमिकता दिइने उल्लेख गरेका हुन्।
उनले राष्ट्रिय विद्युत प्रणाली नुपेगको क्षेत्रलाई प्राथमिकतामा राखेर विद्युतीकरण गरिने उल्लेख गरिएको हो।
यस्ता क्षेत्रमा लघु तथा साना जलविद्युत, सौर्य र वायु ऊर्जामार्फत् विद्युतीकरण गरिने उल्लेख गरिएको छ।
आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने उल्लेख गरिएको छ।
विद्युत वितरण सबस्टेशन स्वचालित बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
स्थानीय तहसँगको समन्वयमा स्मार्ट मिटर वितरण कार्य पनि आगामी वर्ष गरिने उल्लेख नीति तथा कार्यक्रममा गरिएको छ।