सरकारले रणनीतिक तथा व्यापारिक महत्त्व बोकेका सडक निर्माण र स्तरोन्नतिमा जोड दिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार विकासमा रहेको दोहोरोपना हटाइ भौगोलिक तथा प्रादेशिक सन्तुलन कायम गरिने बताए।
रेल तथा जलमार्ग समेटी एकीकृत राष्ट्रिय यातायात गुरू योजना तयार गरिने उनले उल्लेख गरे।
'हालसम्म सडक सञ्जालसँग नजोडिएका स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेश राजधानी वा नजिकको राष्ट्रिय राजमार्गसँग जोडिने छ। समग्र आर्थिक सामाजिक विकास एवं व्यापार सहजीकरण गर्न सडक पूर्वाधारलाई गुणस्तरीय र सुरक्षित बनाइने छ,' उनले भने।