नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने बाँकेको नौवस्ता कारागारको बिजुली काटेको छ।
कारागारले १० लाख ४९ हजार ५७रूपैयाँ २८ पैसा तिर्न बाँकी रहेको तर पटक-पटक ताकेता गर्दा पनि नतिरेका कारण सोमबार ११ बजे लाइन काटिएको कोहलपुर विद्युत केन्द्रका प्रमुख माधब महतले बताए।
'हामीले १५ दिन अघि पनि पत्र पठाएका थियौँ। तर त्यसपछि पनि केही प्रगति नभएपछि लाइन काटेका हौँ। आज पनि सिडियो साबसँग कुरा भएको छ। उहाँले गृहमन्त्रालय अन्तर्गत निकाय भएकाले सबै बक्यौता एकमुस्ट तिर्ने गरी लाइन जोडिदिनुस् म पत्र पठाउँछु भन्नु भएको छ,' उनले भने।