चालु आर्थिक वर्षको फागुनसम्म भारतसँगको विद्युत व्यापार दुई अर्ब ६६ करोडले वृद्धि भएको छ।
गत वर्षको यही अवधिको विद्युत व्यापारको तुलनामा बढेको देखिएको हो।
चालु आर्थिक वर्षको असारदेखि फागुनसम्म नेपालले भारतबाट आठ अर्ब २६ करोडको बिजुली ल्याएको हो। यो अवधिमा १२ अर्ब ४१ करोडको बिजुली निर्यात गरेको छ। नेपाल भारतबीच कुल २० अर्ब ६७ करोडको विद्युत व्यापार भएको छ।
गत वर्षको यही अवधिमा नेपालले भारतबाट ९ अर्ब ५८ करोडको बिजुली आयात गरेको थियो। सो वर्ष आठ अर्ब ४३ करोडको बिजुली निर्यात गरेको थियो। कुल विद्युत व्यापार १८ अर्ब एक करोड थियो।
नेपालले भारतको डे अहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ। यो बजारबाट बिजुली खरिदका लागि २०७८ वैशाखदेखि अनुमति पाएको हो।
पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण हुँदै आएको छ।
पछिल्लो समय भने भारतले तीन महिनाका लागि मात्रै अनुमति नवीकरण गरेको छ। नेपालले ५५४ मेगावाट बिजुली आयातको अनुमति पाएको हो। भारतले पनि नेपालबाट बिजुली लगिरहेको छ।