प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ वटा निर्माण कम्पनी/आपूर्तिकर्ताहरूलाई सातदिने स्पष्टीकरण सोधेको छ।
विभिन्न सरकारी निकायहरूले सिफारिस गरिपठाएको आधारमा स्पष्टीकरण सोधिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।
कार्यालयले रौतहट, चन्द्रपुर–६मा रहेको रोशिस कन्स्ट्रक्सनलाई स्पष्टीकरण सोधेको छ।
चन्द्रपुर–५ मा रहेको उमंग ट्रेडर्स र चन्द्रपुरमै रहेको पौराई बाबा कन्स्ट्रक्सन प्रालिलाई पनि स्पष्टीकरण सोधिएको छ।
रूपन्देही, ओमसतियामा रहेको साहनी विल्डर्स, नवलपरासी, सुनवलमा रहेको न्यू जगतदेवी निर्माण सेवालाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ।
काठमाडौंको चाबहिलमा रहेको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, इलामा रहेको एमडी ब्रो कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधिएको छ।
स्पष्टीकरण सोधिएकाहरूको सूची