ग्रिनजो इनर्जी इण्डिया कम्पनीले नेपालको हरित हाइड्रोजन अभियानमा चासो देखाएको छ।
कम्पनीका संस्थापक तथा प्रवन्ध निर्देशक सन्दीप अग्रवालले नेपालमा पनि ग्रिन (हरित) हाइड्रोजनका लागि लगानी गर्न इच्छुक रहेको बताएका छन्।
नेपाल सरकारले ग्रिन हाइड्रोजन सम्बन्धी नीति पारित गरेपछि उक्त कम्पनीले लगानीका लागि चासो राखेको अर्थमन्त्री महतले बताए।
हालै भारतको गुजरातमा भएको गुजरात भाइव्रेन्ट सम्मेलनको क्रममा अर्थमन्त्री प्रकाशशरण महतसँग कम्पनीका प्रवन्ध निर्देशक अग्रवालले छलफल गरेका थिए।
नेपालको अर्थतन्त्र उचाईमा पुर्याउन हरित हाइड्रोजन अभियान सहयोगी हुने उनको भनाइ छ।
उनले आर्थिक लगानी र सहकार्यका लागि ग्रिनजो इण्डिया साथ–साथै रहेको बताए।
भारतमा इलेक्ट्रोलाइजर निर्माता ग्रिनजो इनर्जी नेपालमा अत्याधुनिक हाइड्रोजन उत्पादनका लागि सहकार्यको हात अघि बढाउन चाहेको उनको भनाइ छ।
यो कम्पनीले यसअघि नै ५० मेगावाट ग्रिन हाइड्रोजन उत्पादनका लागि र नेपालको एक कम्पनीसँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरिसकेको छ।
त्यसमा हाइड्रोजन, अमोनिया प्लान्ट, सौर्य, हावा र जलविद्युत एकीकृतरुपमा अघि बढाइने समझदारी गरिएको थियो।
नेपाल सरकारले नीति तय नगर्दा यो कार्यान्वयनमा ढिलाइ भएकोमा अब भने सहज हुने अग्रवालले बताए।
कम्पनीले भारतमा ग्रीनजो इनर्जी सम्बन्धी प्लान्ट स्थापना गर्नका लागि तीन हजार ५ सय करोडको लगानी गर्ने तयारी रहेको उनले बताए।
यो परियोजना गत अक्टोबर २४, मा सुरुवात गरिएको थियो।
अग्रवालका अनुसार कम्पनीले ग्रीन हाइड्रोजन क्षेत्रका लागि १, २ र ५ मेगावाटको अलकलाइन इलेक्ट्रोलाइजर उत्पानको तयारी भएको छ।
पहिलो चरणमा तीन सय ५० करोड रुपैयाँ आवश्यक रहँदा पाँच वर्षका लागि विलियन लगानीको योजना रहेको उनले बताए।
यो प्लान्टको पहिलो चरणको काम सकिँदा १२५ मेगावाटको क्षमता रहने उल्लेख गरिएको छ। यो महत्वकाक्षीं परियोजनामा यसको क्षमता हरेक दुईवर्षमा दोब्बर हुँदै जाने उनले बताए।
ग्रिनजो इनर्जीले पहिले नै एक हजार १ सय करोड रुपैयाँ बराबरको अर्डर बुक गरिसकेको बताइएको छ।