ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतले कति–कति लगानी भन्ने विषय नमिल्दा निर्माण प्रक्रियामा जान नसकेको बताएका छन्।
संसदको पूर्वाधार विकास समितिमा बोल्दै मन्त्री बस्नेतले यो परियोजनाको डिपिआरको टुंगो एक महिनाभित्र लाग्ने विषयमा छलफल भएको बताए।
'यो परियोजनाबाट उत्पादित बिजुली दुवै देशले बराबरी लिने भन्ने छ। यसको फाइदा कति हो भन्ने कुरा पनि उठ्छ। सन्धिपछि नदीको पानी बढेको र भारतले बढी लाभ लिन सक्ने देखिएको हुँदा भारतले लगानी पनि बढी गर्नुपर्छ भन्ने कुरा हो,' उनले भने
यसमा सहमति भइसकेपछि मात्र काम अगाडि बढ्ने उनको भनाइ छ।