नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत लाइन सोमबार बिहान काटेको हो।
उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रूपैयाँ रहेको छ। प्राधिकरणले ५ करोड रूपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ।
यसमध्ये हिमाल स्टिलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ।