नेपाल र भारतबीच ऊर्जा क्षेत्रका विभिन्न आठ वटा विषयमा सहमति भएको छ।
नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११औं बैठकले भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश लैजाने विषयमा छलफल गरेको हो।
नेपालको बिजुली भारत निर्यात गर्न भारतको विद्युत आयात निर्यात निर्देशिका अनुसार नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिटै त्रिपक्षीय सम्झौता गरिने सैद्धान्तिक छलफल भएको हो।
सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११औं बैठक चितवनको मेघौलीमा भएको थियो। ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा बैठक सकिएको हो।
बैठकले विशेष गरी प्रसारण प्रणालीको सुदृढीकरणका विषयमा सहमति गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए।
छलफलका क्रममा सहमति भएका अधिकांश विषयलाई प्राविधिक समूहले अन्तिम निष्कर्ष दिने उल्लेख गरिएको छ। प्राविधिक विषय बढी भएकाले सैद्धान्तिक निर्णय भएको बैठकमा सहभागी अधिकारीहरूको भनाइ छ।
अन्तरदेशीय प्रसारण लाइनका रूपमा सञ्चालित ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता एक हजार मेगावाट बराबर पुर्याउने विषयमा दुई पक्षबीच सहमति भएको छ। त्यसका लागि ढल्केबर सवस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिनेछ।
यस्ता छन् बैठकका मुख्य सहमति: