भारतीय विदेशमन्त्री एस जयशंकर भ्रमणका क्रममा तीन वटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन हुने भएको छ।
१३२ केभी क्षमताका रक्सौल परवानीपुर, कुशाह कटैया र न्यू नौतुना मनैयाँ उद्घाटन हुनेछन्।
यी प्रसारण लाइनबाट विद्युत आयात तथा निर्यात हुने उल्लेख गरिएको छ।
यसअघि ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको प्रसारण लाइन मात्रै निर्यात गर्न पाइन्थ्यो।