नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको सोमबारको निर्णयबाट प्राधिकरणको रिक्त सञ्चालकमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।
विद्युत क्षेत्रमा विशेषता हासिल गरेका गैर-सरकारी व्यक्तिहरू मध्येबाट ऐरलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
ऐरले सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन्। उनीसँग प्राधिकरणमा इन्जिनियरको रूपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ।