काठमाडौंका विभिन्न स्थानमा पर्यटक सवारी साधन पार्किङ तथा पिकअप एण्ड ड्रपका लागि बोर्ड राखिएको छ।
यसअघि पनि बोर्ड राखिएको थियो। तर केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै हटाइएको थियो।
त्यसपछि काठमाडौंका विभिन्न पर्यटकिय स्थानमा लामो समयदेखि पर्यटक सवारी साधनहरू पार्किङ तथा पिकअप एण्ड ड्रपमा समस्या भएको थियो।
काठमाडौं महानगरसँग पटक–पटकको छलफलपछि महानगरभित्रको जुद्ध शमसेर शालिक, महांकाल, दरबारमार्ग, सरस्वति क्याम्पस सडक खण्ड, कालधारा, परोपकार पुल, स्वयम्भू र बौद्धलगायत विभिन्न स्थानमा पिकअप, ड्रप र पार्किङ लेखिएका फ्लायक्स बोर्डहरू राखिएको पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष वेदराज बास्तोलाले बताए।
बोर्ड राखिएको स्थानमा सवारीसाधन रोक्न तथा पिक एण्ड ड्रप पनि तोकिएको स्थानमा गर्नका लागि संघले सवारी चालकहरूलाई आग्रह गरेको छ।