हिमालयन डिष्टिलरीले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा सार्वजनिक गरेको छ।
यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने कम्पनीले बताएको छ।
हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरू यस अघि नै नेपाली बजारमा ल्याएको छ।
प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन्। यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ।
हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदीले भने, 'एचडिएलले उपभोक्ता केन्द्रित इनोभेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको कारण हामीले बजारको गतिशीलता बुझ्न निरन्तर अनुसन्धानमा संलग्न छौं। सिल्भर ओकले उपभोक्तालाई अलग्गै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखनीय रुपमा बढाेत्तरी हुनेतर्फ हामी आस्वस्त रहेका छाैं।'
हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ।