प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बंगलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्न त्रिदेशीय सम्झौता हुन लागेको बताएका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ठूला जलविद्युत आयोजना विकासमा जोड दिइरहेको बताए।
'सरकार गेमचेन्जर ठूला जलविद्युत आयोजनामा अघि बढिरहेको छ। अरूण तेस्रोलाई सिधैं सहजीकरण गरिररहेको छु,' उनले भने।
त्यस्तै बुढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थबाट उठाउँदै आएको रकम सोही आयोजनालाई दिइने उनले बताए।