भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको शुक्रबार अनुगमन गरेका छन्।
भक्तपुरको सुर्यविनायकदेखि जडिबुटीसम्म मन्त्री आफैँले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन्।
गत असोज ३ गतेदेखि सुरू भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सञ्चालनमा छन्।
भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताए।
हाल यी बसहरू पिक आवर बिहान र बेलुका सञ्चालनमा छन्। सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धबप्रसाद रिजालको उपस्थिति थियो।