भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सेती नदीमा चार लेनको 'सिग्नेचर' पुल शिलान्यास गरेका छन्।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एक सय ९० मिटर लामो पुलको शिलान्यास गरेका छन्।
एक अर्ब १० करोड लागतमा सिग्नेचर पुलको निर्माण सुरू भएको हो। २०८२ भदौ मसान्तभित्र निर्माण सक्नेगरी काम थालिएको हो। शिलान्यास कार्यक्रममा निर्माण ब्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाए।
मन्त्री ज्वालाले निर्माण ब्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरूलाई समयमै काम सक्नेगरी सक्रियता बढाउन निर्देशन दिए। ‘यो वा त्यो बहानामा काममा ढिलाई गर्न पाइदैन, समयमै काम सक्नेगरी सवैपक्षले सक्रियता देखाउनुहोस्,’ उनले भने।
कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सवै सहयोग गर्ने बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न आफूहरू तयार रहेको बताए।