नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले वर्षाको समयमा मुलुकमा उत्पादन हुनेमध्ये करिब दुई/तीन सय विद्युत प्रणालीमा आउन नसक्ने अवस्था रहेको बताएका छन्।
आइतबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'हिजोको बाढीका कारण काबेली कोरिडोरमा चार/पाँच वटा विद्युत आयोजनाबाट हुने आपूर्ति बन्द भएको छ,' घिसिङले भने, 'वर्षामा सरदर दुई/तीन सय मेगावाट विद्युत उत्पादन प्रणालीमा आइपुग्दैन।'