चालु आर्थिक वर्षको ८ महिनामा १०४ किलोमिटर नयाँ सडक विस्तार भएको छ।
आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार फागुन मसान्तसम्म १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ।
यो अवधिमा ८ हजार २ सय ५४ किलोमिटर सडक (नियमित तथा पटके) मर्मत भएको र २ सय ७८ किलोमिटर सडक आवधिक मर्मत भएको छ।
८ महिनाको अवधिमा ३१६ किलोमिटर सडक ग्रावेल र २ सय ४८ किलोमिटर सडक कालोपत्रमा स्तरोन्नति भएइको छ।
८ महिनाको अवधिमा ७५ वटा नयाँ सडक पुल निर्माण भएको उल्लेख आर्थिक सर्वेक्षणमा गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा २ सय ८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो।
सो अवधिमा ३ सय ३५ किलोमिटर सडक ग्रावेलमा स्तरोन्नति भएको र ६ सय ८१ किलोमिटर सडक कालोपत्रमा स्तरोन्नति भएको थियो।