२०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ।
आर्थिक सर्वेक्षण २०७९/८० ले २०७९ असारयता एक प्रतिशत जनसंख्यामा विद्युत पहुँच बढेको देखाएको हो।
२०७९ असारसम्म ९४ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुगेको थियो।
यसैगरी प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घण्टाबाट ३५१ किलोवाट घण्टा पुगेको छ।