रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको लिखु-२ जलविद्युत आयोजनामा स्थानीयले अवरोध गरेको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
५५ मेगावाटको उक्त आयोजनाको साइट अफिसमा केही स्थानीय व्यक्तिहरूले हुल हुज्जत गर्ने, तालाबन्दी गर्ने र आयोजनाका कर्मचारीहरूलाई तर्साउने गरी आयोजना सञ्चालनमा अवरोध गरेको भन्दै इप्पानले ध्यानाकर्षण गराएको हो।
आयोजना र सरोकारवालाबीच कुनैपनि असमझदारी भए आपसी संवाद र छलफलबाट समाधान गर्न सकिने हुँदा यसतर्फ इप्पानको जोड छ।
कर्मचारी तथा प्रवर्द्धकमाथि भएका उच्छृंखल गतिविधिले मुलुकको अर्थतन्त्रको मेरूदण्ड रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने हुँदा सहजीकरण गरिदिन आग्रह गरेको छ।
जलविद्युत आयोजनाको सुरक्षाको व्यवस्था मिलाउन इप्पानले सरकारसँग आग्रह समेत गरेको छ।