तपाईंलाई कोभिडका विषयमा केही जानकारी लिनु छ? l यसबारे जानकारी दिन एसके फाउन्डेशन नेपालले कोभिड एलिएन्स हटलाइन सेवा सुरु गरेको छ।
डाँफे र कोशि संस्थासँगको समन्वयमा यो सेवा दिन थालिएको हो। १० दिनदेखि सुरु गरेको उक्त सेवा दिनका लागि ९ जना डाक्टर तथा नर्स खटिएका छन्।
हालसम्म २२ सय जना व्यक्तिलाई परामर्श दिइसकेको फाउन्डेशनका निर्देशक कबिन मलेकूले जानकारी दिए।
विभिन्न जिल्लाबाट कोभिडबारे जानकारी लिन फोन आइरहेको उनले बताए। विहान ६ बजेदेखि बेलुका ९ बजेसम्म फोन गरेर सुझाव लिन सकिन्छ। यो सेवालाई निरन्तरता दिइरहने उनले बताए।
यो सेवा लिनका लागि ९८८००३५००० मा सम्पर्क गर्न सकिन्छ। यो नम्बरमा फोन गरेर कोभिडसम्बन्धी आवश्यक जानकारी लिन सकिन्छ।