आधुनिक प्रविधिबाट पत्थरीको उपचार थाल्यो मेडिसिटीले


ललितपुरको सैंबुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मृगौलाको पत्थरी फुटाएर गरिने उपचार बिधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ।

इएसडब्लुएल घाउ नबनाइकन मृगौलाको पत्थरी फुटाएर गरिने उपचार बिधि हो।

यो बिश्व बजारको सबैभन्दा पछिल्लो रअत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन भएको जनाउँदै मेडिसिटीले हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मेसिनको तुलनामा यसमा पत्थरी फुटाउने क्षमता अधिक रहेको जनाएको छ।

यसबाट पत्थरी फूटाउँदा दुखाइ कम हुने, मृगौलामा पनि कम चोट लाग्ने तथा बिकिरणले पुर्याउने हानी समेत कम हुने अस्पताल युरोलोजी बिभाग प्रमुख डा. महेशबहादुर अधिकारीले जानकारी दिए।

उनले यो मेसिनबाट उपचार गर्दा पनि अस्पतालले सामान्य मेसिनले गरेसरहकै शुल्क लिने बताए।

नेपाल मेडिसिटीमा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानी छ। विदेशी नागरिकलार्इ समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित संचालित अन्तर्राष्ट्रियस्तरको मेडिसिटीमा बिशेषज्ञ चिकित्सकहरु पूर्णकालिन रुपमा उपलब्ध हुने अस्पतालले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.