दसैँयता १४ सयले सस्तियो सुन


दसैँयता सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ।

दसैँअघि अन्तिम दिन कारोबार हुँदा सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ रहेकोमा आज शुक्रबार ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ। जुन अघिल्लो दिनको तुलनामा भने ४ सय रुपैयाँ कम हो। बिहीबार प्रतितोला ५६ हजार रपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। दसैँअघि अन्तिम कारोबार भएको दिन असोज १० गते प्रतितोला ७७० रुपैयाँ रहेकोमा आज ७५० कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.