स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार सोमबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार दुई लाख १७ हजार एक सय रूपैयाँ पुगेको हो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ।
सोमबार दुई हजार पाँच सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार दुई हजार पाँच सय ९५ रूपैयाँ पुगेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।