सुनकाे मूल्य ३ दिनदेखि स्थिर

सुनकाे मूल्य ३ दिनदेखि स्थिर

फाइल तस्बिर।


अघिल्लाे एक साता‍भित्र ताेलामा एक हजार रुपैयाँले घटेकाे सुनकाे मूल्य पछिल्लाे ३ दिनदेखि भने स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १७ गतेदेखि अाजसम्म ताेलाकाे ५६ हजार रुपैयाँमा सुनकाे काराेबार भइरहेकाे छ।

१० गते ५७ हजार रुपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य १७ गते ५६ हजारमा झरेकाे थियाे। तर चाँदीमा भने सामान्य घटबढ भएकाे महासंघले जनाएकाे छ। चाँदी ताेलाकाे ७५० रुपैयाँमा काराेबार भइरहेकाे छ। जुन १७ गते ७५० थियाे १८ पाँच रुपैयाँ बढेर ७५५ रुपैयाँ पुगेकाे थियाे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.